सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक (नामसहित)

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बेपत्ता पारिएका व्‍यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ ।

द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

सशस्त्र संघर्ष बिराम लागेको १३ वर्षपछि नामावली सार्वजनिक गरेको हो । आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ ।

यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् ।