सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका १ मतदान अधिकृतको अचानक बेहोस भएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ निवासी ४२ वर्षीय रघुनाथ महतो मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए ।

उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवका रूपमा कार्यरत थिए ।

मंगलबार दिउँसो २ बजे ड्युटीमा रहेका बेला महतो अचानक बेहोस भएका थिए । बेहोस भएपछि तत्काल उपचारका लागि उनलाई जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालमा करीब साढे २ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करीब १० किलोमिटर पूर्वमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।