भारतमा कोरोना शंका गरिएका बिरामीले गरे अस्पतालमै आत्महत्या

भारतमा कोरोना शंका गरिएका बिरामीले गरे अस्पतालमै आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा कोभिड–१९ कोरोना भाइरसको आशंका गरिएका बिरामीले आत्महत्या गरेका छन् । दिल्लीको सफदरजंग अस्पतालबाट हाम्फालेर उनले आत्महत्या गरेका छन् ।

उनले अस्पतालको सातौं तलाबाट हामफालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको। छ । उनको उमेर बाहेक अन्य परिचय भने खुलाइएको छैन । उनको उमेर सालाखाला ३५ वर्षको रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनी हालैमात्र अस्ट्रेलियाको सिड्नीबाट फर्किएका हुन् । ‘मृतकका नमूनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम अहिलेसम्म यसको रिपोर्ट आइनसकेको छैन,’ अस्पताल कर्मचारीको हवाला दिँदै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

दक्षिण पूर्व दिल्लीका डीसीपी देवेन्द्र आर्यका अनुसार उनी पंजाबको शहीद भगतसिंह जिल्लाका हुन् र उनी विगत १ वर्षदेखि सिड्नीमा बस्दै आएका थिए । “दिल्लीको इंदिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इण्डियाको उडानमा आएका उनले टाउको दुखेको गुनासो गरेका थिए । एक नोडल अफिसरले हामीलाई सूचित गरे जस पछि उनलाई बुधबार राति ९ बजे सफदरजंग अस्पताल लगिएर भर्ना गरिएको थियो ।’

परिवारले उनलाई एयरपोर्टमै भेटेर उनीसँगै अस्पताल गएका थिए । प्रहरीले उनीहरूको मृत्युको बारेमा परिवारलाई जानकारी गराएको छ र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।