मोटरसाइकलसहित खोलामा खसेका युवकको मृत्यु

मोटरसाइकलसहित खोलामा खसेका युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्युठान जिल्ला गौमुखी गाउँपालिका १ अर्खाका २५ वर्षीय हेमराज राना मगर नेपाने खोलामा मृत भेटिएको छ । मगर मोटरसाइकलसहित पानीमा डुबेको अवस्थामा शनिबार विहान सवा ७ वजेतिर फेला परेको हो ।

जिल्ला प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मगर सवार लु ५६ प १५७६ नम्बरको मोटरसाइकलमा ठुलाबेसीबाट अर्खातर्फ जाँदै गर्दा खोलामा खसेका हुनसक्ने बताए । मगर र मोटरसाइकल सडकदेखि झन्डै ३५ मिटर मुनीको नेपाने खोलामा खसेको र त्यही डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।