बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भीरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
मंगलबार दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भीरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृत अवस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए । थापा विक्रम संवत् २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया