काठमाण्डु – सर्लाहीको मलंगवा नगरपालिकामा घर प्लास्टर गर्ने क्रममा छत भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।
मलंगवा नगरपालिका १० निवासी रञ्जित यादवको चारतल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा अचानक छत भत्किएको प्रहरीले जनाएको छ।
घटनामा मलंगवा नगरपालिका २ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका २ निवासी करिब ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते भएका थिए।
दुवै घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिए।




प्रतिक्रिया