दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान- सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् ।

सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५८२२ नम्बरको मोटरसाइकल गए राति बेलुका करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका ८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार इनरुवा ८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार टिपर चालक सुनसरीको कोशी गाउँपालिका ३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ ।

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापर्वाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।