क्वारेन्टाइनमै वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुँदै

क्वारेन्टाइनमै वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टाइन पुगेका थिए ।

नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, ‘राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उहाँको मृत्यु भएको छ ।’

वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने उनले बताए ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।