काठमाण्डु – टोखा नगरपालिका–४ धापासी डेरा गरी बस्ने म्याग्दी भकिम्ली गाउँपालिका–४ घर भएका ४४ वर्षीय कुल बहादुर पुन आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, लक्ष्मीनियाँ गाउँपालिका–२ सिनरजोरा बस्ने ३७ वर्षीय श्याम सहनी सोही गाउँपालिका–३ स्थित धान खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, निलकण्ठ नगरपालिका–७ निबुसरा घर भई सोही नगरपालिका–३ शान्तबजारस्थित औपधी पसल संचालन गर्दै आएकी ४२ वर्षीया अप्सरा पोखरेल सोही नगरपालिका–८ ससाहास्थित माहादेवसरा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन ।
झापा, दमक नगरपालिका–१० पाँचथरे टोलस्थित बाटोमा श्रृजना टोल बस्ने ६५ वर्षीय तुलाराम ऋषिदेव आइतबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, बीरगंज उपमहानगरपालिका–१५ वाईपासस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाग्लुङ, निसीखोला गाउँपलिका–६ गुमस्थित बनमा हाल नाम, थर,वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, नरहा गाउँपालिका–५ तिलकपुरस्थित चमरटोली बस्ने ६५ वर्षीय कारी महरा घरदेखि १ किमि टाढा बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया