रौतहटमा सुतिरहेकी युवतीको गोली हानी हत्या

रौतहटमा सुतिरहेकी युवतीको गोली हानी हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका राम अयोध्या साहकी १८ वर्षीया युवती अमृता कुमारीलाई बुधबार राति ११ बजे सुतिरहेको बेला गोली हानी हत्या गरिएको हो ।

रौतहटका एसपी सिद्धिविक्रम शाहकाअनुसार ०७६ फागुनमा सर्लाहीको मधुवनगोठ निवासी रुपेश साहसँग मागी विवाह गरेकी ति महिलाको गत साउनमा सम्बन्ध बिच्छेद भएको थियो । त्यसयता उनी माइतिघरमा बस्दै आएकी थिइन् ।

यसअघि वृन्दावन नगरपालिका–४, हरैया पल्टुवास्थित मामा घर बस्दै आएकी गढीमाई नगरपालिका–१ कि १६ वर्ष युवती सम्झा साहको बलात्कार गरी हत्या भएको थियो ।