पशुपतिमा पुरुष मृत भेटिएको घटनामा एक पक्राउ

पशुपतिमा पुरुष मृत भेटिएको घटनामा एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पशुपति शिवालयमा एक व्यक्ति मृत भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दर्बेनाथ भनिने सुबिन राना मगर छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

सन्तोष गिरी भनिने सन्तोष परियार ६ फागुन २०८१ मा पशुपतिको १५ नम्बर शिवालयमा मृत भेटिएका थिए ।

मगरलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

एसएसपी सन्तोष खड्काले अनुसन्धानका क्रममा घटनामा रानामगरको संलग्नता देखिएको बताए ।