बझाङमा क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या, कोरोनाको रिपोर्ट नआउँदै अन्त्येष्टी

बझाङमा क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या, कोरोनाको रिपोर्ट नआउँदै अन्त्येष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बझाङमा एक जना युवाले क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका छन् । भारतबाट आएका छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टाइनमा ३० वर्षीय युवक विद्यालयको कोठामा झुण्डिको अवस्थामा फेला परेका हुन् ।

मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए ।

मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ । त्यस्तै कुवेतबाट आएका सुनसरीका दुई जना महिलामा कोरोना संक्रमण पाइएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ ले दिएको जानकारीअनुसार हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । जेठ २९ गते नेपाल आएर जेठ ३२ गते धरान आएका थिए ।