आमा–छोरीको मृत्यु भएपछि पनौतीमा अनिश्चितकालिन कर्फ्यु लगाइयाे

आमा–छोरीको मृत्यु भएपछि पनौतीमा अनिश्चितकालिन कर्फ्यु लगाइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि पनौतीमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

घटनाको विरोधमा आगजनी र तोडफोडको शृंखला बढेपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान ९ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाका चारकिल्ला तोकेर कर्फ्यु लगाइएको बताए ।

काभ्रे जिल्ला प्रशासनका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म तथा बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा कर्फ्यु लगाएको हो ।

पनौती बसपार्कमा सोमबार साँझ बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका वडा नम्बर १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो ।