माइती नेपालको प्रतिक्षालयमा पुरुष मृत फेला

माइती नेपालको प्रतिक्षालयमा पुरुष मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माइती नेपालको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइतीनेपालको प्रतीक्षालयमा पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।