९८७ जनाको शव फेला, ३ हजार ९१६ जना बेपत्ता

९८७ जनाको शव फेला, ३ हजार ९१६ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवाको भोटेकोशी बाढीपछि हराइरहेकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ।

बाढी तथा विपद्का घटनामा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। घटनामा २७९ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार विपद्पछि हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको छ।