बुटवल – बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीलाई कोरोना संक्रमण देखिएन ।
रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडांडास्थित भाडाको कोठामा पुगेका थिए ।
दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए ।
अस्पतालले आइतबार बिहान उनको मृत्यु हुनुअघि स्वाब निकालेर काठमाडौं पठाएको थियो ।




प्रतिक्रिया