बेइजिङ – चीन सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनवारबाट सरेको भन्ने विभिन्न अध्ययनहरुले सुझाइरहेका बेला चीन सरकारले भने मासुका लागि कुन–कुन पशु पाल्न हुने भनेर सूची तयार गरेको हो ।
चीनको वुहानमा जंगली जनावरबाट कोरोना भाइरस सरेको आशंका गरिएको छ । बेइजिङले यसअघि नै जंगली जनावर र यिनीहरुको मासु बिक्री वितरणमा रोक लगाइसकेको छ ।
चीनको कृषि मन्त्रालयले सुँगुर, गाई, कुखुरा र भेडासँगै मृग, अस्ट्रिजको मासु खान योग्य हुने बताइएको छ । कुकुरको मासुमा भने प्रतिबन्ध लगाइएको छ ।
अहिलेसम्म कोरोना भाइरस कुन जनावरबाट फैलियो भन्ने विषयमा वैज्ञानिकहरुले प्रमाण भेटाउन सकेका छैनन् । उनीहरुले चमेरो, जंगली बिरालो र पांगोल्नबाट मानिसमा कोरोना सरेको विषयमा अध्ययन गरिरहेका छन् ।




प्रतिक्रिया