शुक्रबार थपिए १७०३ कोरोना संक्रमित, १२३६ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ९ हजार ४ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ४३ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement