कोरोना भाइरसबाट सिरहामा २१ वर्षीय युवकको मृत्यु

कोरोना भाइरसबाट सिरहामा २१ वर्षीय युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवको उपचारका क्रममा मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको बिहीबार राती मृत्यु भएको हो ।

मिर्गौलाको समस्या रहेका मृतक युवकलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।