वासिङटन – कोरोनाभाइरसले विश्वभरीमा हालसम्म ४७ हजार २०५ मानिसको मृत्यु भएको छ भने ९ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी १ लाख ९४ हजार मानिस ठीक भएका छन् ।
अमेरिका सर्वाधिक बढी २ लाख १५ हजार संक्रमित छन् । यहाँ एकै दिनमा ९१७ को मृत्यु भएको छ । यसका साथै अमेरिकामा कुल मृतकको संख्या ५ हजार १०९ पुगेको छ । यसैगरी अमेरिकाले नेपाल र भारतमा फसेका आफ्ना नगारिकलाई निकाल्न सुरु गरेको छ । नेपालमा १० दिनदेखि लकडाउन चलिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले बुधबार केही दिनभित्रमा विश्ववभरीमा संक्रमणको संख्या बढेर १० लाख सम्म पुग्ने र मृतकको संख्या ५० हजार पुग्ने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रेस गेब्रेयेसियुसले केही महिना पहिले विश्वका धेरैजसो मानिस कोरोनाभाइरसबाट अनभिज्ञ रहेको बताएका छन् ।
भाइरसले विश्वका लगभग सबै क्षेत्र प्रभावित भएका छन् र संक्रमितको संख्या कुनै पनि दिन १० लाख सम्म पुग्न सक्छ । भाइरस सुरु भएको ४ महिना पुगेको छ । विगत ५ महिनादेखि संक्रमणको मामिला प्रत्येक देशमा तीव्र दरमा बढीरहेको छ ।
गत साताको तुलनामा मृतकको संख्या दुई गुणा भएको छ । इटालीमा हालसम्म १३ हजारको मृत्यु भएको छ भने इजरायलमा २५ को मृत्यु भएको छ ।




प्रतिक्रिया