कोरोना आशंकामा वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु

कोरोना आशंकामा वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा गरिएका २ जनाको मृत्यु भएको छ । सोमबार अस्पताल भर्ना भएकी युवती काठमाडौं चन्द्रागिरी नगरपालिका १५ की हुन् भने युवकको परिचय खुल्न सकेको छैन् ।

भारतबाट नेपाल आएकी युवतीमा ज्वरो र स्वास फेर्न गाह्रो भएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । उनको नमुना टेकु ल्याबमा पठाइएको बताए ।

त्यसैगरी युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको उनले बताए । उनको पनि मृत्युको कारण खुलन सकेको छैन् । कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको छ ।

त्यस्तै पाटन अस्पतालमा पनि धादिङका एक युवकको कोरोना आशंकामा मृत्यु भएको छ ।