महाकालीमा बगेकी महिलाको उपचारका क्रममा निधन

महाकालीमा बगेकी महिलाको उपचारका क्रममा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – महाकाली नदीमा बगेर गम्भीर घाइते भएकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

ऐतवालको उपचारको क्रममा आइतबार राती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र जोशीले बताए ।

उनलाई आइतबार बिहान महाकालीमा बग्दै गरेको अवस्थामा नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो ।

आइतबार बिहान महाकाली नदीमा बग्दै आएकी व्याँस गाउँपालिका १ की २६ वर्षीय ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको जानकारी दिए ।

उनले आइतवार विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनले किन नदिमा हाम फालिन भन्ने खुलेको छैन् । ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्दै आएकी थिइन् । सपनाका श्रीमान कुलविर ऐतवाल नेपाली सेनाको न २ राजदल गण मेलम्चीमा कार्यरत छन् ।