त्रिवि मैदानका ग्राउन्ड्सम्यानको निधन

त्रिवि मैदानका ग्राउन्ड्सम्यानको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मिर्गाैलामा समस्या देखिएपछि उपचारका क्रममा रहेका कीर्तिपुर मैदानमा काम गर्ने जयबहादुर तामाङ (सेते दाइ) को निधन भएको छ ।

गएको फागुन २८ गते मिर्गालामा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा भर्ना हुनुअघि उनले स्टार हस्पिटलमा पनि जाँच गराएका थिए ।

झण्डै १५ वर्ष कीर्तिपुर क्रिकेट मैदानमा स्टाफका रुपमा काम गरेका उनको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग पनि उठेको थियो । सिप्यानले उनको उपचारका लागि राम्रो रकम दिएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले पनि आर्थिक सहयोग जुटाउन पहल गरेको थियो ।