जब आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्…

जब आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर जानुभएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बाबुको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर बाबुको रेखदेखमा खटिएका थिए ।

बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा बाबुलाई अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहनुभएका छोरा बाबुको मृत्यु भएपछि थप पीडामा परेका छन् । भने बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित हुनुपरेको छ ।

मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जाकारी दिए ।

मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोेलेसनमा रहेको र अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टाइनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन ।