न्युरोडमा युवकको मृत्यु घटना : कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

न्युरोडमा युवकको मृत्यु घटना : कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिका-२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालय, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो ।

युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए ।

‘हत्या नै भएको आशंका पनि गरी नहालौँ । यसले आतंक फैलाउँछ । अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली संलग्न छ । हामीले कुकुर पनि परिचालन गरेका छौँ’, उनले न्युज कारखानासँग भने, ‘प्रारम्भिक रूपमा हामीले कसरी मृत्यु घटना भयो ? यसबारे यकिन भन्न सकिने अवस्था छैन ।’

अर्धचेत अवस्थामा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन बिहान करिब ७ बजे फेला परेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगिसक्दा महर्जनको मृत्यु भइसकेको प्रहरी प्रवक्ता मैनालीले बतँए ।