उडिरहेको विमानमै यात्रुको मृत्यु भएपछि…


एजेन्सी – भारतको दिल्लीबाट इटालीको मिलानका लागि उडेको अलइटालिया विमानमा ५२ वर्षीय एक भारतीय यात्रुको मंगलवार मृत्यु भएको छ । उनको मृत्यु भएपछि पाइलटहरूले विमानलाई अबु धाबीमा आकस्मिक अवतरण गराएका छन् ।

यूएईस्थित भारतीय दूतावासमा काउन्सेलर एम राजामुरुगनले शव भारत फिर्ता ल्याउन आबु धाबीमा सबै प्रक्रिया पूरा गरिसकिएका र आधिकारिक प्रक्रिया पूरा गर्न नयाँ दिल्लीसँग काम गरिरहेका बताए । मृतकको नाम कैलाश चन्द्र सैनी हो र उनी आफ्ना छोरा हीरा लालसँग यात्रा गरिरहेका थिए ।

अबु धाबीस्थित अधिकारीहरूले मृत्यु प्रमाणपत्र जारी गरेको र छोराले बुवाको शरीरसहित एतिहादको उडानमा भारत आउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement