सेप्टिक ट्यांकभित्र निसास्सिएर चार जनाको मृत्यु

सेप्टिक ट्यांकभित्र निसास्सिएर चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा सेप्टिक ट्यांकभित्र निसास्सिएर शनिबार चार जनाको ज्यान गएको छ ।

सुनवर्षी नगरपालिका–९ डायनियास्थित मस्जिदको सेप्टिक ट्यांकीको ढलानको काठको सेटिङ खोल्न भित्र छिरेका सात जना मजदुरमध्ये चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम, २५ वर्षीय मोहम्मद सहनवाद, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय ओसिव आलम रहेका छन् ।

घाइते भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डाम्रा मियाँ उपचारपछि घर फर्केका छन् । घाइते भएका सातै जनालाई उपचारका लागि विराटनगरस्थित गनेल्डेन अस्पताल ल्याइएको थियो । उपचारका क्रममा चार जनाको मृत्यु भएको हो ।