रौतहटमा वडाध्यक्षको निधन, कोरोना आशंका

रौतहटमा वडाध्यक्षको निधन, कोरोना आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा वडाध्यक्षको निधन भएको छ । इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो ।

स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले कोरोना संक्रमण आशंका गरिएको जानकारी दिए । उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए ।