छुट्टीमा घर गएका सब–ईञ्जिनियरको संकास्पद मृत्यु

छुट्टीमा घर गएका सब–ईञ्जिनियरको संकास्पद मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब–ईञ्जिनियर मृत फेला परेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसीका २७ वर्षीय पूर्ण खड्का सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका थिए । खड्काको शव सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ पिके खोपमा फेला परेको हो ।