काठमाडौं – सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब–ईञ्जिनियर मृत फेला परेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसीका २७ वर्षीय पूर्ण खड्का सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका थिए । खड्काको शव सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ पिके खोपमा फेला परेको हो ।




प्रतिक्रिया