भक्तपुरमा १८ महिने शिशुलाई टिपरले किच्यो

भक्तपुरमा १८ महिने शिशुलाई टिपरले किच्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो ।

चाँगुनारायण नगरपालिका ९ मा टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।