शिक्षामन्त्रीले गरे मेडिकल कलेजको शुल्क विवादबारे वार्ता

शिक्षामन्त्रीले गरे मेडिकल कलेजको शुल्क विवादबारे वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि सरोकार भएका पक्षसँग वार्ता सुरू गरेकाे छ  ।मेडिकल कलेजहरुले एमवीवीएस अध्ययनरत विद्यार्थीहरुसंग बढी शुल्क लिएको विषयमा छलफल गर्न मन्त्रालयले सम्बन्धित निकायहरुसँग छलफल सुरु गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका छन् ।

शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् ।