काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कनिष्ठलाई डिन बनाएको विरोधमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा ताला लगाएको छ।
बुधबार त्रीवी कार्यकारी परिषदले त्रीवी शिक्षण अस्पतालकी प्रा। डा। दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको थियो ।
शाह प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सकसमेत हुन् । कनिष्ठ भएपनि शाहलाई प्रधानमन्त्रीको जोडबलमा डिन बनाएको विद्यार्थीको आरोप छ ।
डिन नियुक्ति खारेज नभएसम्म आन्दोलन नरोकिने विद्यार्थीको भनाइ छ । आफूहरुको आन्दोलनमा त्रीवी शिक्षण अस्पतालका कर्मचारीको समेत समर्थन रहेको विद्यार्थीको दाबी छ ।
अनेरास्वयविूका सहसंयोजक रञ्जित तामाङले बिधि संगत प्रतिष्पर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।
‘सरकारले बिधि र प्रतिष्पर्धाबाट नभई राम्रो भन्दा आफ्नो निकटका ब्यक्तिलाई उपहार वा पुरस्कार स्वरुप पद बाड्दा शिक्षण संस्थामा हामीले खोजेको गुणस्तर कदापि सम्भव छैन्’, उनले भने ।




प्रतिक्रिया