अख्तियार प्रमुख वस्नेत पनि यसरी अघि बढ्दैछन् लोकमानकै बाटोमा


काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्नेतको निर्देशनमा अख्तियारले एक अर्बभन्दा बढी ऋण लिने ब्यवसायीको विवरण माग गरेको छ । तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पनि राष्ट्र बैंकलाई दुई करोडमाथिका ऋणीको सबै फाइल तीन दिनभित्र बुझाउन निर्देशन दिएका थिए ।

 

 

वस्नेतले पनि कार्कीकै शैलीमा यथाशिघ्र सबै बिवरण उपलव्ध गराउन भन्दै केन्द्रिय बैंकका नाममा पत्र काटेका छन् ।   

 

 

राष्ट्र बैंकका गर्भनर चिरिन्जवी नेपालले अख्तियारको पत्र प्राप्त भएपछि मातहतका निकायलाई बिवरण पेश गर्न निर्देशन दिइसकेका छन् । राष्ट्र बैंकका पुर्व गर्भनर युवराज खतिवडाले त्यतिबेला अख्तियारले पत्र काटेपनि कारण स्पष्ट नखुलेसम्म बिवरण नवुझाउने अडान लिएका थिए ।

 

 

 

कार्कीले आर्थीक चलखेल गर्न पनि ऋणीको विवरण माग गरेको चर्चा समेत चलेको थियो । कार्कीकै शैलीमा अघि बढेका वस्नेतको पनि नियत सही नभएको राष्ट्र बैंकका एक उच्च अधिकारीले काठमाडौंपाटीलाई बताए ।

 

 

अख्तियारले राष्ट्र बैंकको नियमनलाई बलियो र प्रभावकारी बनाउन ठूला ऋणीको विवरण मागेको दाबी गरेको छ । तर, अख्तियारले ठुला बैंकहरुको विवरण माग गरेपनि विकास बैंक र फाइनान्समा एक अर्ब माथि ऋण लिएकाको विवरण भने मागेको छैन् ।

 

 

 राष्ट्र बैंकका एक उच्च अधिकारीले अख्तियारको नियत ठिक नभएको दाबी गरे । उनले भने ‘उहाले सहि नियतका साथ यो विवरण माग्नु भएको छैन्,यसले ब्यवसायिक क्षेत्रमा त्रास उत्पन्न गर्ने र आफ्नो फाइदा लिने नियत देखिन्छ’ ।

 

 

केही समयअघि अख्तियार प्रमुखमा नियुक्त भएका वस्नेतले व्यक्तिगत प्रतिशोध साधेर पत्र काट्ने र अनुसन्धानका नाममा दुख दिने गरेको गुनासो आइरहेको बेला एक अर्बमाथिका ऋणीको जानकारी माग्नुलाई आश्चर्यका साथ हेरिएको छ ।

 

 

अख्तियारले  २५ भदौमा कांटेको पत्रपछि राष्ट्र बैंकको नियमन विभागले सबै बैंकहरुलाई राष्ट्र बैंकको नियमन विभागले एक अर्बमाथिका ऋणीको जानकारी दिन मातहतका निकायलाई निर्देशन दिइसकेको छ । पछिल्लो समय अख्तियार प्रमुख वस्नेतले ब्यवसायीलाई तर्साउने गरेको र पुर्वाग्रह राखेर मुद्दा चलाउने गरेको आरोप उनिमाथी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement