काठमाण्डु – विशेष अदालतले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका पूर्वअख्तियार प्रमुख दीपकुमार बस्न्यातलाई थुनामा राख्ने आदेश दिएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोप लागेका बस्न्यातलाई आइतबार अदालतले थुनामा राख्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले यस्तो आदेश दिएको हो ।
बस्न्यातलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार पठाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारको जग्गा नामसारीमा महत्वपूर्ण भूमिका खेलेको आरोप लागेको छ ।
अख्तियारले २०७६ माघ २२ गते बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको थियो ।




प्रतिक्रिया