बुढानीलकण्ठबाट सार्वजनिक भए पूर्वऊर्जामन्त्री दीपक खड्का

बुढानीलकण्ठबाट सार्वजनिक भए पूर्वऊर्जामन्त्री दीपक खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वऊर्जामन्त्री दीपक खड्का सोमबार सार्वजनिक भएका छन्।

सोमबार बिहान बुढानीलकण्ठस्थित जलेको आफ्नै घरबाट पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार तत्कालीन ऊर्जामन्त्री खड्का देश छाडेर अमेरिका भागेको एक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा दाबी गरेका थिए। तर सोमबार बिहान फेसबुक लाइभ गरिएको पत्रकार सम्मेलनमा खड्काले आफू भाग्नुपर्ने कुनै कारण नरहेको बताए ।

आन्दोलनको विषयमा छानबिनका लागि तत्कालीन सरकारले निर्णय नै गरेको छ। भाग्न किन पर्‍यो?’, खड्काले प्रश्न गरे ।

खड्काले सरकारसँग नडराउने पनि बताए । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ? खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ र ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफू घरमै रहेको पनि जानकारी दिए । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे ।

उनले अहिलेको सरकारका विषमा टिप्पणी नगर्ने पनि बताए । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरुले, समाजमा रहेका नागरिकहरुले लिनुपर्छ ।’

खड्काले आफू डेंगु संक्रमणका कारण ११ दिन भारतको वेदान्त अस्पतालमा उपचार गराएर फर्किएको पनि बताए । आफू र बच्चालाई डेंगु भएका कारण भारतको वेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड अहिले पनि आफूसँग रहेको उनले बताए ।

आफू र बच्चा बिरामी हुनु र आफ्ना विरुद्ध भ्रामक समाचार सार्वजनिक भएपछि अहिले पनि श्रीमती ट्रमामा रहेको उनको भनाइ छ ।