वाइसीएल र क्रान्तिकारीले भने, ‘सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खाेज्दैछ’

वाइसीएल र क्रान्तिकारीले भने, ‘सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खाेज्दैछ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेताद्वय जनार्दन शर्मा र वर्षमान पुन लक्षित बम आक्रमण घटनाप्रति योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) भत्र्सना गरेको छ।

 

 

वाइसिएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ्ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरुमाथि लक्षित गरिएको बम आक्रमणको भत्र्सना गदै कारबाहीको माग गरेका छन्।

 

 

‘शर्मा र पुनको ज्यानै लिनेसम्मको मनसाय राखी कायरतापूर्ण र शृङ्खलाबद्ध बम आक्रमण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

 

 

 

यसैगरी वाइसीएल र क्रान्तिकारीले वाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्ने गरी आक्रमण गरिएको दाबी गरेको छ।

 

 

 

 

जनवादी क्रान्तिका आधारभूत कार्यभार पूरा गरी वाम एकता गर्दै समाजवाद प्राप्तिको दिशामा सिंगो मुलुक एकाकार हुँदै गएको पृष्ठभूमिमा त्यसका प्रमुख अभियन्तामध्येका नेतामाथि भएको यो आक्रमण अत्यन्तै पश्चगामी सोच भएको विज्ञप्तिमा उल्लेख छ।

 

 

रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पुनमाथि शनिबार र आइतबार आक्रमण प्रयास भएको थियो भने शर्मालाई गत शुक्रबार आक्रमणको प्रयास भएको थियो।