‘द भ्वाइस अफ नेपाल’ मा फर्किए दीप


काठमाण्डु — गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किएका छन् ।

‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रुपमा रहेका गायक श्रेष्ठ आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका हुन् ।

‘द भ्वाइस अफ नेपाल ’ का निर्देशक लक्ष्मण पौडेलका अनुसार उनी पुर्ण रुपमा निको भएर सेटमा फर्किएका हुन् ।

उनले भने, ‘दीप सर सेटमा फर्किसक्नु भएको छ । शुक्रवार र शनिवारको एपिसोडमा दर्शकले दीप सरलाई नै कोचको रुपमा देख्न पाउनेछन्। एपिसोडको सुटिङ दुईदिन अघि नै भइसकेको छ । ’

कोरोना संक्रमण पछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए ।

श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल ’ को सेटमा उपस्थित हुन सकेका थिएनन् । उनी उपस्थित हुने नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित भएका थिए ।

यो सातादेखि ‘द भ्वाइस अफ नेपाल ’ ३ लाइभ राउण्ड प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement