दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । स्वतन्त्र सांसद जितेपछि नेकपा एस प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन् ।

उनले मंसिर १९ गते नेकपा एसमा प्रवेश गरेका थिए । उनले गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आफू पार्टीबाट अलग भएको बताएका छन् ।

‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेश गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।