अनुसन्धान जारी रहँदा विवादास्पद व्यवसायी भट्ट दुबईतर्फ

अनुसन्धान जारी रहँदा विवादास्पद व्यवसायी भट्ट दुबईतर्फ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवादास्पद व्यवसायी दीपक भट्ट विदेश प्रस्थान गरेका छन् ।

सम्पति शुद्दीकरणको मुद्दामा अनुसन्धान जारी रहँदा व्यवसायी भट्ट आइतबार बिहान फ्लाई दुबईको बिमानबाट दुबई प्रस्थान गरेका हुन् ।

सम्पति शुद्दीकरणको मुद्दामा सम्पति शुद्दीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छुट्टैछुट्टै अनुसन्धान गरिरहेको छ ।

राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गरेर रिइन्स्योरेन्सदेखि जीवन, निर्जीवन र लघुबिमा कम्पनीसम्मको लाइसेन्स लिएको र त्यसमा अनियमितता भएको मुद्दा उनीमाथि छ ।

उनी विगतमा कांग्रेस–एमाले सरकार बनाउन समेत भूमिका निर्वाह गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा उनले ठूला राजनीतिक नियुक्तिमा प्रभाव जमाएका थिए ।