काठमाण्डु- नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको बताएका हुन् ।
‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्यो, केही पाइन्छ कि? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’




प्रतिक्रिया