उर्जामन्त्रीको दुखेसो : राति १२ बजे विदेशबाट फोन गरेर हामी कहाँ बत्ती गयो भन्छन्

उर्जामन्त्रीको दुखेसो : राति १२ बजे विदेशबाट फोन गरेर हामी कहाँ बत्ती गयो भन्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको स्वयतपत्र यथार्थपरक रहेको बताएका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक रहेको बताएका हुन् ।

उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हुदैछ । यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’

उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए ।

‘पूर्व एम्डि गएपछि नयाँ एम्डि आएपछि भएको हैन । पूर्व एमडी हुदैमा उहाँले प्रस्ताव ल्याउदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्काे भन्छ । यो तालमेल मिलेको छैन । त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आईसकेको थियो । महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ तपाई नाफा देखाइरहनुभएको छ यो तालमेला मिलेन यसको अडिट गरेर निर्णय गरेका छौ,’ उनले भने ।

यस्तै उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए।

‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन्,’ खड्काले भने, ‘अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने। त्यहाँ बुझ्दा सबैतिर छ। यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ।’

‘यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गर्दछु,’ उनले भने, ‘अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ। उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ।’