काठमाडौं – अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई ६ हजार धरौटीमा रिहा गरेको हो ।
संघ अध्यक्ष मिलन गुरुङले बुधवार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले त्यसको भोलिपल्ट मनाङेलाई पक्राउ गरेको थियो । मनाङलेलाई शुक्रबार जिल्ला प्रशासनले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको थियो ।
आइतबार प्रहरीले मनाङेलाई जिल्ला प्रशासनमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटी मागेका थिए । कुटाई खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते पक्राउ गरिएको थियो । मिलनलाई भन थपे ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ।




प्रतिक्रिया