काठमाडौं – गण्डकी प्रदेश सभासदस्य दिपक मनाङे (राजीव गुरुङ) ले अर्थ तथा विकास समितिका सदस्यबाट राजीनामा दिएका छन् ।
मनाङेले विकास आयोजनाको अनुगमनका क्रममा समिति निरीह बन्नुपरेको तितो यथार्थ सुनाउँदै पदमा बस्न लाज लागेर राजीनामा दिएको प्रष्ट पारेका छन् ।
उनले समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् । उनले भने, ‘समितिसहित म पनि योजना अनुगमनमा गएको थिएँ । त्यहाँ त कमिसनको खेल चल्दो रहेछ । विभागको डीजीलाई नै १० प्रतिशत कमिसन, अर्कोलाई २० प्रतिशत कमिसन चाहिने रे । यस्तो त लाजमर्दो भयो नि । त्यह िभएर मैले पनि राजीनाम ादिएँ ।’




प्रतिक्रिया