काठमाण्डु – गण्डकी प्रदेशका सांसद दीपक मनाङे नेकपा एमालेको पक्षमा उभिएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद मनाङेले एमालेको पक्षमा खुल्ने निर्णय लिएका हुन् । उनले मंगलबारको प्रदेशसभा बैठकमा आफू स्वतन्त्र सांसद भएको भन्दै संसदमा छुट्टै कुर्सीको माग गरेका थिए ।
‘मनाङ्ग जिल्लाको नेकपा एमाले संगठनले भने अनुसारको निर्णय लिएको छु’, उनले भनेका छन् ।




प्रतिक्रिया