काठमाण्डु – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त भएका दीपक मनाङेले युवाहरु विदेश जानु नपर्ने बताएका छन् । उनलाई आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथग्रहण अगाडि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले आफूसँग मन्त्रालय सम्हाल्ने भिजन भएकाले अब युवाहरु विदेश जान नपर्ने बताएका छन् ।
‘मसँग केही भिजन छन् । मलाई यसको ज्ञान छ । अब युवा विदेश जानुपर्दैन’, उनले भने ।
सांसद मनाङेले मुख्यमन्त्री गुरुङले आफूलाई मन्त्रीका लागि दौरा सुरवाल सिलाउन भनेपछि मन्त्री बन्न लागेको जानकारी पाएको बताएका छन् ।
उनले भने, ‘मुख्यमन्त्रीज्यूले दौरा सुरवाल सिलाउन जा भन्नुभयो । त्यसपछि मैले मन्त्री बन्न लागेको थाहा पाएँ ।’




प्रतिक्रिया