एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला नियुक्त

एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुः नेकपा एमालेले दीपक निरौलालाई वाग्मती प्रदेशको मुख्य सचेतकमा नियुक्त गरेको छ ।

तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि उक्त पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवम वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् ।

निरौलालाई सचेतकमा नियुक्त गरिएको बारे प्रदेशसभा सचिवाललाई जानकारी गराइएको छ ।