काठमाडौं- नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक पक्राप गरेका छन् ।रेडियो नेपालको बोर्ड सदस्य रहेका पाठकले सामाजिक संजाल फेसबुकमा प्रचण्डलाई व्यक्तिगत आक्षेप लगाएर अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई मनहराबाट पक्राउ गरेको हो ।
उनीमाथि साइबर क्राइमको अभियोग छ । प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिएप्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा उनलाई रेडियो नेपालमा नियुक्त गरिएको थियो । उनलाई यसअघि प्रेस काउन्सिलमा सदस्य पनि ओलीको जोडवलमा बनाइएको थियो। पछी अदालतले उनको नियुक्ती खारेज गरेको थियो ।
काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो । पाठक मार्गदर्शनन्युज नामक अनलाइनका प्रकाशक समेत हुन् । उनको साप्ताहिक पत्रिकाले तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक सनत वस्नेतको उल्टो तस्बिर छापेर समाचार प्रकाशित गरेको आरोप समेत लागेको थियो ।





प्रतिक्रिया