कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिंहको विदाई

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिंहको विदाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी—कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहको विदाई गरिएको छ । साेमबार कार्यालयमा एक कार्यक्रमको आयोजन गर्दै अध्यक्ष सिंहको विदाई गरिएको हो ।

अध्यक्ष सिंह सहित कार्यकाल सकिएका कोषाध्यक्ष कमला चन्द, सदस्य विन्दु चौधरी, महेश वुढाको एक कार्यक्रम गरी विदाई गरिएको हो । विदाई कार्यक्रममा वोल्दै अध्यक्ष सिंहले नेतृत्वमा आउने क्रममा गरेका सबै वाचाहरु पुरा गरेको दावी गरे । उनले केही काम गर्न अझै वाँकी रहेकोले ती कामहरुलाई पनि आगामी दिनमा वाहिर वसेर पनि पुरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

सिंहको कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ती भएको थियो । उनको कार्यकाल आजदेखि सकिएपछि खेलकुद विकास समितीमा जिल्लाका कर्मचारी र प्रशिक्षक लगायतको सहभागीतामा विदाई गरिएको हो । कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिंहको चार बर्षे कार्यकालको वारेमा विदाई कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख टोपवहादुर विष्ट र उसुका सहायक प्रशिक्षक रतन खातीले खुलेर प्रशंसा गरेका थिए ।

सिंहको कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदमा तेस्रो भएको थियो । उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको थियो । खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम पनि गरिएको थियो ।