काठमाडौं – कलाकार दीपकराज गिरीले प्रहरीसँग गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । फेसबुक पेजमा आस्थालाई सम्बोधन गर्दै उनले विमानस्थलमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दिएका हुन् ।
गल्ती आस्था र प्रहरी जवान दुवैबाट भएको भन्दै उनले चौतर्फी आस्थाको आलोचना भैरहेको भन्दै आफ्नो गल्ती स्वीकार गर्न दीपकको सुझाव छ ।
‘आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु,’ उनी लेख्छन्, ‘तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।’
नेपालमा सेलिब्रिटी कल्चर नरहेको भन्दै दीपकले नेताहरुलाई मात्रै भीआईपी मान्ने संसारको आलोचना पनि गरेका छन् । ‘विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यँहा नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खिलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ,’ उनले लेखेका छन् ।





प्रतिक्रिया