महाभियोग लगाउन हस्ताक्षर संकलन भएपछि न्यायाधीश जोशीले भने-सामना गर्न तयार छु

महाभियोग लगाउन हस्ताक्षर संकलन भएपछि न्यायाधीश जोशीले भने-सामना गर्न तयार छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टीका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।

यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि पार्टीभित्र जोशीमाथि महाभियोग लगाउनुपर्ने माग बढ्न थालेको बताइएको छ।

यसैबीच, नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि न्यायाधीश जोशीले सामना गर्न तयार रहेको बताएका छन्।
रातोपाटी अनलाइन पत्रिकाका अनुसार ‘जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताएका हुन्।

‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाभियोगको प्रस्ताव दर्ता गरहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भनेको रातापाटीले उल्लेख गरेको छ।